काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.०२ अंकले घटेर २६४१.०६ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा तीन अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोलु हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.४७ प्रतिशतले बढेको छ । आज रिलायबल समृद्धि योजना २ को शेयरमूल्य ९.७० प्रतिशतले घटेको छ ।