Below Menu

नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै एनएमबी बैंकको विशेष ईभी कर्जा योजना

नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै एनएमबी बैंकको विशेष ईभी कर्जा योजना

काठमाडौं : एनएमबी बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर ०.५ प्रतिशतदेखि सुरु हुने गरी विशेष ब्याजदरमा कर्जा सुविधा योजना ल्याएको छ।

वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र किफायती ईभी कर्जा योजना सुरु गरिएको बैंकले बताएको हो।

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताका लागि उपलब्ध रहेको बैंकले जनाएको छ। ग्राहकले एक्स्पोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका  बैंकका शाखामार्फत सजिलैसँग आवेदन दिन सक्नेछन्।

बैंकले हाल देशभर १९८ शाखाहरु, १७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

थप समाचार