काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौ २७ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि तीन करोड ५७ लाख ५० हजार कित्ता शेयर लकइनमा राखेको थियो ।
कम्पनीले तीन करोड ५० लाख कित्ता योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये सात लाख ५० हजार कित्ता कर्मचारीहरुका लागि बाँडफाँट गरी लकइनमा राखेको थियो ।
उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।