एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने 

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : एनआईसी एशिया क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ ।  मंगलबार बसेको क्यापिटलको सञ्चालक समितिका बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भाद्र २६ गते शुक्रबार दशौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ९ बजे थापाथलीस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा हुनेछ । 

सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । 

थप समाचार