सर्वोत्तम पेन्ट्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?  

सर्वोत्तम पेन्ट्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?  

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम पेन्ट्स ईन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

Sponsored Advertisement

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको आठ लाख ५० हजार कित्ता र संस्थापकको २५ लाख ५० हजार कित्ता गरी कुल ३४ लाख  कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘एसएपीआईएल’ रहेको छ 

कम्पनीहरुको शेयर बिहिबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

थप समाचार