काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९६ लाख छ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३०.०६ प्रतिशतले कम हो । अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ४१ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । साथै कम्पनीको वित्तीय लागत घटेका कारण पनि नाफामा वृद्धि देखिएको हो ।
यस अवधिमा विद्युत बिक्री मार्फत एक अर्ब ७६ करोड ६५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ६५ करोड ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको वित्तीय खर्च ५७ करोड सात लाख रुपैयाँबाट घटेर ४३ करोड ३० लाख रुपैयाँमा झरेको छ ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १५.०६ रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ ११९.५१ रुपैयाँ रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात २१.३० गुणा रहेको छ ।
गत वर्षको चौथो त्रैमाससम्म आइपसग्दा ६ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग एक अर्ब २४ करोड ४५ लाख रुपैयाँ छ ।