Below Menu

वाणिज्य बैंकहरुको नाफा ३२ प्रतिशतले बढ्यो, चार बैंकको लाभांश क्षमता नकारात्मक 

वाणिज्य बैंकहरुको नाफा ३२ प्रतिशतले बढ्यो, चार बैंकको लाभांश क्षमता नकारात्मक 

काठमाडौं : गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरुले ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा आइपुग्दा १५ बैंकहरुको नाफा बढेको छ भने छ वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १०४१.१६ प्रतिशतले बढेको हो ।

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । गत वर्ष बैंकले सात अर्ब ९० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको हो । जुन अघिल्लो वर्षको तुलनामा ३३.५० प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले गत वर्ष ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन २२.६७ प्रतिशतले बढी हो ।

यस अवधिमा कुमारी बैंकको नाफा ३०५.९६  प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले बढेको छ । त्यस्तै एनएमबी बैंकको ४०.६० प्रतिशत, नेपवाल बैंकको ४६.२० प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ६३.०५ प्रतिशतले बढेको छ । 

असार मसान्त्सम्म आइपुग्दा पाँच वाणिज्य बैंकहरुको नाफा घटेको छ । यस अवधिमा आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड र लक्ष्मी सनराइज बैंक रहेका छन् । असार मसान्तसम्म आइपुग्दा प्रभु बैंक २४ करोड १२ लाख रुपैयाँ घाटामा रहेको छ । 

चार बैंकको लाभांश क्षमता ऋणात्मक 

प्रकाशित वित्तीय विवरण अनुसार चार बैंकहरुको लाभांश क्षमता नकारात्मक रहेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, प्रभु र एनआईशी एशिया बैंक रहेका छन् । 

अघिल्लो वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको एनआईसी एशिया बैंक नाफामा गएको छ । 


 

थप समाचार