Below Menu

सिद्धार्थ बैंककाे ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंककाे ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त शेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बिक्रीमा राखिएको शेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयरखरिदका लागि आवेदन दिनुपर्नेछ ।

त्यस्तै, बाँकी ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्नेछन् । सर्वसाधारणले पनि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकशेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी तथा सर्वसाधारणले आफूले खरिद गर्न चाहेको शेयरसंख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

बैंकले संस्थापक शेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ ।

 

थप समाचार