काठमाडौं : साताको तेस्रो कारोबार बुधबार दिन शेयर बजार उच्च अंकले घटेकोे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा चार अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज चिलिमे हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारातमक सर्किट लागेको छ ।