Below Menu

एक वर्षमा भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, चार लाख बढीले लिए श्रमस्वीकृति 

एक वर्षमा भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, चार लाख बढीले लिए श्रमस्वीकृति 

काठमाडौं  : गत आर्थिक वर्ष २०८२/८३ मा साढे २३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

असार मसान्तसम्म विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई रु.२३ खर्ब ६३ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।

असार महिनामा मात्रै विप्रेषण आप्रवाह रु.२ खर्ब४२ अर्ब ३३ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो । 

समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२५ खर्ब ८१ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१८ खर्ब ७४ अर्ब ३० करोड रहेको थियो । 

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६ हजार ५१९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८५ हजार ७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ५ लाख ५ हजार ९५७ र ३ लाख ३३ हजार ३०९ रहेको थियो ।

थप समाचार