काठमाडौं : एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ ११ गते सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४रुपैयाँको आधारमा लाभांश वितरण गर्न लागेको हो । प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिले प्रस्तावित लाभांशसहित बैंकको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र प्रस्तावित लाभांश वितरण हुनेछ ।