काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको करसहित ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।