आरएसडिसी लघुवित्तद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख सहयोग

आरएसडिसी लघुवित्तद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख सहयोग

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा लगायत आसपासका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गहिरो दुःख व्यक्त गरेको छ ।

वित्तीय संस्थाले बाढी तथा प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, प्रकोपका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजनले भोग्नुपरेको पीडाप्रति संस्थाले सहानुभूति प्रकट गरेको छ ।

संकटको यस घडीमा राहत तथा उद्धार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ-संस्थाले अघि बढाएका पहलप्रति ऐक्यबद्धता जनाउँदै आरएसडिसी लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख सहयोग प्रदान गरेको जनाएको छ ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले संस्थाको तर्फबाट उक्त सहयोग प्रदान गरिएको जानकारी दिएका छन् ।

थप समाचार