काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजनाका संरचनामा पूर्ण क्षति पुगेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ।
कम्पनीले नेपाल विद्युत प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पठाएको पत्रमा बाढीका कारण आयोजनाका संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिएको हो।
कम्पनीका अनुसार बाढीपछि जलविद्युत आयोजनामा कार्यरत अधिकांश कर्मचारीहरूको अवस्थासमेत अज्ञात रहेको छ। कम्पनीले घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आयोजनामा भएको क्षति र कर्मचारीहरूको अवस्थाबारे जानकारी गराएको जनाएको छ।