मातृभूमि लघुवित्तद्वारा बाढीपीडितको राहत तथा उद्धारका लागि ५ लाख सहयोग

मातृभूमि लघुवित्तद्वारा बाढीपीडितको राहत तथा उद्धारका लागि ५ लाख सहयोग

काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख सहयोग प्रदान गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा लगायत आसपासका जिल्लामा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै संस्थाले विपद्मा ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

बाढीका कारण सम्पर्कविहीन भएका सर्वसाधारण तथा बैंक तथा वित्तीय संस्था लगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारजनले भोग्नुपरेको पीडाप्रति पनि संस्थाले गहिरो सहानुभूति प्रकट गरेको जनाएको छ।

प्राकृतिक विपद्को यस कठिन घडीमा राहत तथा उद्धार कार्यमा नेपाल सरकार तथा विभिन्न संघ–संस्थाले अघि बढाएका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै मातृभूमि लघुवित्तले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको हो।

संस्थाले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ।

थप समाचार