डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र एआइको बढ्दो प्रयोगका बारे चनाखो हुनुपर्ने

डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र एआइको बढ्दो प्रयोगका बारे चनाखो हुनुपर्ने

काठमाडौं : नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

मंगलबार नेपाल-भारत उद्योग वाणिज्य संघ र जेनेसे सोलुसन्सले संयुक्त रुपमा आयोजना गरेको साइबर सुरक्षा र एआइ केन्द्रीत केन्द्रित संवाद कार्यक्रममा विज्ञ र सरोकारवालाहरुले नेपालको अर्थतन्त्रमा एआइ एक महत्वपूर्ण हिस्सा बन्दै गएको औंल्याए । 

कार्यक्रममा व्यवसायी एवम प्रविधि क्षेत्रका व्यावसायिक तथा सरोकारवालाहरूले उदीयमान प्रविधिले संस्थागत उत्थानशीलता, सुशासन तथा प्रतिस्पर्धात्मक क्षमतालाई परिवर्तन गर्नसक्ने धारणा राखे । 

कार्यक्रममा जेनेसे सोलुसन्सका प्रमुख प्रविधि अधिकृत निरञ्जन कुँवरले मुख्य प्रस्तुती दिंदै एआइको प्रयोग, साइबर सुरक्षा तयारी र डेटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । हरेक व्यवसाय डिजिटलमैत्री बन्दै गएकाले एआइ र साइबर सुरक्षाको विषय महत्वपूर्ण भएको बताए । 

कार्यक्रममा नेपाल-भारत उद्योग वाणिज्य संघका सल्लाहकार भीम ढकालले एआइलाई प्राविधिक अवसरका रूपमा मात्र नभई संस्थागत तयारी, जिम्मेवार प्रयोग तथा दीर्घकालीन उत्थानशीलताको विषयका रूपमा हेर्नुपर्नेमा जोड दिए ।

उनले एआइको तीव्र विस्तार, क्लाउडमा बढ्दो निर्भरता र नयाँ प्रकारका साइबर जोखिमहरूले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूको जोखिमको विषय भएकाले सोच्नुपर्ने बेला आएको पनि बताए ।

थप समाचार