ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार