हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ : सांसद राई

काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पछिल्लो विपद्का कारण मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको बताएका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले विपद्का दृश्यहरूले आफूहरूलाई समेत विचलित बनाएको बताए ।

उनले भने, ‘हामी सगरमाथाको देशको मान्छे हाम्रो पिडा सगरमाथाभन्दा अग्लो छ । हामी पानी नै पानी भएको देशको मान्छे हाम्रा आँशु र रगत पानी जस्तै बगेको छ । हाम्रा पिडा हाम्रो दुख बुझ्‌ने गरि शब्दमा भन्न सक्दैनौ । दृश्यहरु यस्ता छन् हामी बाचेकाहरुलाई पनि विचल्ति बनाएको छ । यी दृश्यहरुले हाम्रो मुटु गाठो पर्छ।’

सांसद राईले भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रसँग जोडिएको सभ्यता नै बगेको र ठूलो भौतिक क्षति भएको बताए ।

उनले भने, ‘भोटेकोशी र त्रिशूली नदीका टटीय क्षेत्रहरुसँग जोडिएको हाम्रो गौरवमय सभ्यता बगेको छ । बस्तिहरु बगेका छन् । पूर्वधार बगेका छन्, देशको प्रमुख व्याप्पारी करिडोर भग्नावशेषमा परिणत भएको छ । तर यी भौतिक क्षती भन्दा ठूलो क्षती हामीले आफ्‌ना नागरिक गुमाएर व्यहोरेका छौ ।’

उनले घाइतेहरूको निःशुल्क, व्यवस्थित र गुणस्तरीय उपचार तथा बेपत्ताहरूको खोजी र उद्धारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे । 

उनले भने, ‘घाइतेहरुको निशुल्क र व्यवस्थित गुणस्तिरीय उपचारको व्यवस्था गर्न, वेपत्ताहरुको खोजी गर्न तथा उद्धारलाई अझ प्रभावकारी बनाउन र पीडित परिवारलाई राज्यले पूर्ण व्यवस्थित अनुभुति गराउन सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद राईले विपद्का क्रममा राज्यको तयारी, उद्धार तथा व्यवस्थापनमा कहाँ कमजोरी भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘इतिहासकै त्रासित र कठिन समयमा हामी उभिएका छौ । जहा भाषण भन्दा व्यवहार महत्वपूर्ण छ, शब्द भन्दा उद्धार महत्वपूण छ । मन्तव्य भन्दा मानवीय जिवन महत्वपूर्ण छ । यो विपदमा कहाँ कमजोरी भयो रु राज्यले तयारी कहाँ चुकायो रु उद्धार कहाँ ढिला भयो यो प्रश्न गम्भिर छन् । यी प्रश्नबाट हामीले भाग्नु पदैन यसको समिक्षा गर्नुपर्छ ।’

थप समाचार