सगरमाथा लुम्बिनीका कर्मचारीको एक दिनको तलबसहित बाढीपीडितलाई ६२ लाखको राहत

सगरमाथा लुम्बिनीका कर्मचारीको एक दिनको तलबसहित बाढीपीडितलाई ६२ लाखको राहत

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी पीडितको लागि कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट रु. ५१ लाख नगद रकम प्रदान गर्ने निर्णय गरेको छ ।  

कम्पनीको भाद्र १६ गते अपरान्हको ४ः०० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने निर्णय गरेको हो । 

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीहरुले आफनो एक दिनको तलब प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सामुहिक रुपमा जम्मा रकम रु. ११ लाख नगद रकम योगदान निर्णय गरेको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै कम्पनीले संकटको घडीमा सधै साथ रहने वाचा सहित यो रकम प्रदान गरेको छ ।
रसुवा जिल्लामा आएको भोटेकोशी बाढीले भोग्नु परेको यस कठिन परिस्थितिको सामना गरिरहेको यस दुखदको समयमा कम्पनीको यो सहयोग मात्र नभई दुखमा परेका प्ररिवारहरुप्रतिको साथ र सहानुभूतितको सानो प्रयास मात्र हो ।
कम्पनीले आफनो स्थापनाकाल देखिनै राष्ट्रलाई पर्ने विभिन्न संकट, प्राकृतिक विपद तथा महामारीको घडीमा अग्रपंत्तिमा रहेर सहयोग गर्दै आइरहेको जनाएको छ । 
साथै, बाढी प्रभावित परिवारहरुको सुरक्षित उद्धार र घरवारविहिन परिवारहरुको पुर्नस्थापना यथाशक्य चाँडो गरिनु आजको आवश्यकता हो र यस दुखद घडीमा परि ज्यान गुमाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिकहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ ।