काठमाडौं : साताको चौथो कारोबार बिहिबार दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा तीन अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा दुई अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आज वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.७६ प्रतिशतले बढेको छ । आज पियोर इनर्जीको शेयरमूल्य १३.३३ प्रतिशतले घटेको छ ।