ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने

ऋण दायित्व भएका व्यक्ति सहकारी सञ्चालक बन्न नपाउने

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीको सञ्चालक समितिको उम्मेदवारसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड, २०८२’ को परिच्छेद–३ को बुँदा नं. १.४ बमोजिम बाहेक कुनै पनि प्रकारको थप ऋण लिन नपाउने व्यवस्था रहेको जनाएको छ।

प्राधिकरणको २९औँ बैठकबाट भएको निर्णयअनुसार, उक्त व्यवस्थाविपरीत थप ऋण लिएको भए ऋण चुक्ता नगरुञ्जेल सम्बन्धित व्यक्ति सञ्चालक समितिको उम्मेदवार हुन नपाउने व्यवस्था लागू गर्न सम्बन्धित निकाय तथा संस्थालाई जानकारी गराउने निर्णय भएको हो।

मापदण्डको परिच्छेद–३ को बुँदा नं. १.४ मा ‘सञ्चालकले बुँदा नं १.३ बमोजिमको ऋण तथा आफ्नो बचतको सुरक्षणमा प्राप्त हुने ऋण (बुँदा नं २.१) बाहेक यो मापदण्ड लागू भएपछि कुनै प्रकारको थप ऋण लिन पाउनेछैन ।’ भन्ने व्यवस्था छ । त्यस्तै मापदण्डको १.३ मा भनिएको छ, ‘संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा रु. तीन लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकममात्र बिना धितो ऋण प्रवाह गर्न सक्नेछ । यसरी बिना धितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरुको जमानी लिनुपर्नेछ ।’

थप समाचार