काठमाडौं : नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै, बैंकले अग्राधिकार शेयरतर्फ ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिनेछ।