निर्जीवन बीमा कम्पनीले उठाए एक महिनामा पाँच अर्ब ३२ करोड बीमाशुल्क 

निर्जीवन बीमा कम्पनीले उठाए एक महिनामा पाँच अर्ब ३२ करोड बीमाशुल्क 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८३/८४ मा को पहिलो साउन महिनामा सवा ५ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

प्राधिकरणका अनुसार साउन मसान्तसम्म कम्पनीहरुले २ लाख २९ हजार ५९९ बीमालेख बिक्री गरी ५ अर्ब ३२ करोड ८३ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

साउन मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा हिमालयन एभरेष्ट इन्स्योेन्स रहेको छ । कम्पनीले २७ हजार ८७१ बीमालेख जारी गरी ५६ करोड २५ लाख १९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ५५ करोड ३२ लाख ६७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले ५३ करोड ४६ लाख ७२ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

साउन मसान्तसम्म शिखर इन्स्योरेन्सले ५१ करोड २० लाख २० हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख ५७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस आईजीआई प्रुडेन्सियलले ४४ करोड ७१ लाख ३४ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले ३८ करोड आठ लाख ५३ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १३ हजार ६६२ बीमालेख बिक्री गरी २५ करोड २७ लाख रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३७ लाख चार हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, साउन मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले १९ करोड दुई लाख, नेशनल इन्स्योरेन्सले २७ करोड दुई लाख ३९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले १४ करोड छ लाख र सानिमा जिआइसीले २४ करोड तीन लाख र युनाइटेड अजोड इन्स्योरेन्सले ३३ करोड २३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

लघुबीमाको व्यापार सवा सात करोड

निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले सवा सात करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले २५ हजार आठ बीमालेख जारी गरी सात करोड ३१ लाख ४१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले एक करोड ७८ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले दुई करोड २६ लाख, स्टार माइक्रो इन्स्योरेन्सले एक करोड ७६ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले एक करोड ४९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।