प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्
 
शाइन् रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् । 

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरुको सहयोगका लागि सचिव पौडेलले सहयोग रकमको चेक भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा हस्तान्तरण गरे । 

बाढीपीडितहरुको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले चालेका हरेक कदममा हातेमालो गर्ने उद्देश्यले आफूले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको सचिव पौडेलले बताए । 

उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनस्थापनका लागि खुलेर सहयोग गर्न देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई आह्वानसमेत गरे ।

थप समाचार