उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.९४ अंकले  बढेर २५५९.४९ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा चार अर्ब ३६ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १०.५३ प्रतिशतले बढेको हो । आज मल्टीप्रपोज फाइनान्स कम्पनीको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ ।