Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, सुधारिएन कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, सुधारिएन कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ बिन्दुमा बन्द भएको थियो ।

Sponsored Advertisement

आज कारोबारमा आएका १०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ८२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा तीन अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ग्लोबल आईएमई बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक मूल्य बढ्नेमा मेन्छियाम हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १०.५८ प्रतिशतले बढेको हो । आज भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ । 
 

थप समाचार