दश अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुँदै 

दश अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयका अनुसार ९१ दिने दिने ट्रेजरी बिल मंसिर ३० गते र १८२ दिने ट्रेजरी बिल चैत २ परिपक्क हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले भदौ २९ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि साउन २९ गते सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

थप समाचार