नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता 

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता 

काठमाडौं : नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको हो । 

उक्त कम्पनीले एक सय अंकित मूल्यको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निस्कासन गर्दै छ । 

कम्पनीले सम्झौता भएको मितिले ६ महिना भित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ । सो अवधि भित्र सेयर निष्कासन नभएमा पुनः नयाँँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ । 
 

थप समाचार