सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा 

सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते, बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसका साथै बैंकले अग्राधिकार शेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।