हिमालयन सेक्युरिटिजद्वारा लाभांश घोषणा 

हिमालयन सेक्युरिटिजद्वारा लाभांश घोषणा 

काठमाडौं : हिमालयन सेक्युरिटिज लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने चार करोड रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २६ गते छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा दिउँसो १२ः३० बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

थप समाचार