काठमाडौं : हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबारदेखि उक्त संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ ।
यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया पूरा भएपछि अब जो-कोही व्यक्ति तथा कम्पनीले पनि सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बैंकले तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था बमोजिम सेयर बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।