बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ? 

काठमाडौं : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका  ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ६ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा २३ लाख ५१ हजार ५६० जनाले २ करोड ६२ लाख ९१० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। आवेदन दिएकामध्ये २३ लाख ५ हजार २३३ जनाको आवेदन सदर भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। 

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार ८६ हजार ३२० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।