Below Menu

१५ करोडको आईपीओ जारी गर्दै पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी, बिक्री प्रबन्धकमा एलएस क्यापिटल 

१५ करोडको आईपीओ जारी गर्दै पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी, बिक्री प्रबन्धकमा एलएस क्यापिटल 

काठमाडौं : पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । 

Sponsored Advertisement

कम्पनीले साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरेका छन् 

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन प्रतिबद्ध एक दूरदर्शी लगानी कम्पनी हो । 
यस कम्पनीले सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारा सहित विभिन्न क्षेत्रहरू जस्तै ऊर्जा, सूचना तथा प्रविधि, संचार, पर्यटन क्षेत्रसंग सम्बन्धित आयोजनाहरुमा रणनीतिक रूपमा केन्द्रित भई आफ्नो लगानी गर्दै आई रहेको छ । 

थप समाचार