कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त

कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त

काठमाडौं : कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त भएका छन्। सरकारले सहकारी नियमावली संशोधन गरी अध्यक्ष र सदस्य पदमुक्त गरेको हो। सहकारी (पहिलो संशोधन) नियमावली २०८३ नेपाल राजपत्रमा असोज ५ गते प्रकाशित भएको छ । 

सहकारी नियमावलीको नियम ४२ को उपनियम (४) थप गरी पदमुक्त गरेको हो । उपनियम (४) मा भनिएको छ, ‘उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०८२ चैत्र १२ गते भन्दा अगाडि नियुक्त भई बहालमा रहेका अध्यक्ष तथा सदस्य यो उपनियम प्रारम्भ भएपछि स्वतः पदमुक्त हुनेछन् ।’