लाभांश प्रस्तावसहित नेशनल क्यापिटलले बोलायो असोज २८ गते साधारणसभा 

लाभांश प्रस्तावसहित नेशनल क्यापिटलले बोलायो असोज २८ गते साधारणसभा 

काठमाडौं :नेशनल क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.२६८४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०ं३६८४२१ प्रतिशतका दरले हुन आउने सात लाख ३६ हजार ८४२ दशलमव १०५ रुपैयाँ बराबरको करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान १०ः३० बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

थप समाचार