आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश दिने 

आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । 

सभाले आर्थिक वर्ष २०८३/८४ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।