खराब मौसमका कारण हवाई उडान प्रभावित

खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं : खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । 

उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । पोखरा, भरतपुर र तुम्लिङटारमा उडान हुन सकेको छैन ।