काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ४.२८५७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ४.२८५७ प्रतिशत बोनसपछिको नौ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।