सिरहाका ४०० विद्यार्थीलाई शौर्य सिमेन्टको शैक्षिक सहयोग

सिरहाका ४०० विद्यार्थीलाई शौर्य सिमेन्टको शैक्षिक सहयोग

सिरहा : शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्‍याउने तथा विद्यार्थीको अध्ययनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमबाट श्री आधारभूत विद्यालय, प्रयागपुर; श्री जनता आधारभूत विद्यालय, मरेवा; श्री शारदा माध्यमिक विद्यालय, रामपुर बिरता; श्री जनजागृति आधारभूत विद्यालय, मनथै कुट्टी; श्री जनता आधारभूत विद्यालय, महादेवा; श्री जनता आधारभूत विद्यालय, मतेर्वा; श्री जनता आधारभूत विद्यालय, छघरे; जन चेतना आधारभूत विद्यालय, मलहनिया खोरी तथा श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयका विद्यार्थी लाभान्वित भएका छन्।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयको आवश्यकतालाई ध्यानमा राख्दै पानी फिल्टर र पानी राख्ने जगसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

शैक्षिक सामग्री वितरणका क्रममा शौर्य सिमेन्टका प्रतिनिधिले सम्बन्धित नगरपालिकाका नगर प्रमुख, वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापनका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए। अन्तरक्रियाका क्रममा स्थानीय शैक्षिक आवश्यकता तथा विद्यालयका प्राथमिकताबारे जानकारी लिइएको थियो।

शिक्षालाई समुदायको दीर्घकालीन विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै शौर्य सिमेन्टले आफ्नो कार्यक्षेत्र तथा आसपासका समुदायको शैक्षिक र सामाजिक विकासमा सहयोग गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार यस्ता कार्यक्रममार्फत स्थानीय समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउँदै सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।

शौर्य सिमेन्टको यो पहल सामुदायिक सहभागिता तथा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको हो। कम्पनीले आगामी दिनमा पनि स्थानीय समुदायका आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

थप समाचार