काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा बन्द भएको थियो
आज कारोबारमा आएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ६५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन डिष्ट्रिलरी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा आईसीएफसी फाइनान्स डिबेञ्चर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.१८ प्रतिशतले बढेको हो । आज सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयरमूल्य ५.४४ प्रतिशतले घटेको छ ।