काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । आज बजारमा चार अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ६५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज घलेम्दी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सिन्धु विकास बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.३७ प्रतिशतले बढेको हो । आज सानिमा ग्रोथ फण्डको शेयरमूल्य ५.४४ प्रतिशतले घटेको छ ।