प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची  

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची  

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ । 

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष ९दशौ संशोधन० विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्री वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०६३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

थप समाचार