काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बुधबारकै अनुसार कारोबार भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।