बजारमा चलनचल्तीको नगद सात अर्ब ६२ करोडले घट्यो, सरकारी खाता र रिजर्भ बलियो

बजारमा चलनचल्तीको नगद सात अर्ब ६२ करोडले घट्यो, सरकारी खाता र रिजर्भ बलियो

काठमाडौं : चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको नगद ७ खर्ब ९४ अर्ब २२ लाख रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा भदौसम्म चलनचल्तीको नगद ७ अर्ब ६२ करोड ४४ लाख रुपैयाँले घटेको हो।

असार मसान्तसम्म बजारमा ८ खर्ब १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ बराबरको नगद चलनचल्तीमा थियो।

यस अवधिमा सरकारी खाताको निक्षेप उल्लेख्य रूपमा बढेको छ। भदौ मसान्तसम्म सरकारी खातामा ३ खर्ब १ अर्ब २० करोड ५४ लाख रुपैयाँ निक्षेप रहेको छ। असार मसान्तमा यस्तो निक्षेप एक खर्ब ८६ अर्ब ८५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार सरकारी खाताको निक्षेप ६१.९३ प्रतिशतले बढेको हो।

त्यस्तै, बैंक तथा वित्तीय संस्थामा रहेको सरकारी मौज्दात पनि बढेको छ। भदौसम्म यस्तो मौज्दात १३ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा सरकारी मौज्दात १२ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ रहेको थियो। दुई महिनाको अवधिमा सरकारी मौज्दात ८७ अर्ब ७० करोड रुपैयाँले बढेको हो।

सरकारको सरप्लस मौज्दात भने शून्य रहेको छ। कर्मचारी पेन्सन तथा अन्य सुविधाबापतको दायित्व २९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ पुगेको छ। अन्य दायित्व ५ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ रहेको छ।

यसैबीच, राष्ट्र बैंकको रिजर्भ पनि बढेको छ। भदौ मसान्तसम्म राष्ट्र बैंकको रिजर्भ ११ खर्ब १० अर्ब २० करोड ९६ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो रिजर्भ १० खर्ब ८५ अर्ब ७३ करोड २६ लाख रुपैयाँ रहेको थियो। राष्ट्र बैंकको चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँमै यथावत् रहेको छ।

राष्ट्र बैंकको कुल दायित्व पनि बढेको छ। भदौ मसान्तसम्म कुल दायित्व ४० खर्ब ४४ अर्ब ७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो दायित्व ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

विदेशी मुद्रामा रहेको कुल दायित्व पनि बढेर ५२ अर्ब ३४ करोड ४ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो दायित्व ५१ अर्ब २९ करोड २१ लाख रुपैयाँ थियो। विदेशी मुद्रामा रहेको दायित्वमध्ये बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ अर्ब २२ करोड ३६ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सम्बन्धित दायित्व ४६ अर्ब ११ करोड ६८ लाख रुपैयाँ रहेको छ।

स्थानीय मुद्रामा रहेको दायित्वमा पनि वृद्धि भएको छ। भदौ मसान्तसम्म स्थानीय मुद्रामा रहेको कुल दायित्व २८ खर्ब ७६ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो दायित्व २७ खर्ब ३२ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

थप समाचार