काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाछ शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।