बाढीले सोलुखोला र बुढीगण्डकी आयोजनामा क्षति नभएको साहस ऊर्जाको स्पष्टीकरण 

बाढीले सोलुखोला र बुढीगण्डकी आयोजनामा क्षति नभएको साहस ऊर्जाको स्पष्टीकरण 

काठमाडौं : बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स एनर्जीद्वारा प्रवर्द्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा क्षति पुगेको भन्ने विषयमा कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ।

Sponsored Advertisement

कम्पनीका अनुसार गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकास्थित उक्त आयोजनाको निर्माण तथा सञ्चालनसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको हो।

कम्पनीले विज्ञप्ति जारी गर्दै बाढीका कारण आयोजनामा क्षति पुगेको भन्ने समाचारमा उल्लेख गरिएका विवरणहरू गलत तथा भ्रामक रहेको जनाएको छ। साथै, आयोजनासँग सम्बन्धित वास्तविक अवस्थाबारे यथार्थ जानकारी नलिई समाचार सम्प्रेषण गरिएको कम्पनीको भनाइ छ।

साहस ऊर्जा लिमिटेडद्वारा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको सोलुखोला (दूधकोशी) ८६ मेगावाट जलविद्युत् आयोजनाको संरचनामा समेत क्षति पुगेको भन्ने समाचार सत्य नभएको कम्पनीले स्पष्ट पारेको छ।  

कम्पनीले बुढीगण्डकी जलविद्युत् आयोजना तथा सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको वास्तविक अवस्थाबारे आधिकारिक जानकारीका आधारमा समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

आयोजनामा कुनै क्षति पुगेको वा नपुगेको विषयमा भ्रम सिर्जना हुन नदिन तथा सम्बन्धित सरोकारवालालाई कम्पनीले आग्रह गरेको छ । 

थप समाचार