हिमालयन लाइफ इन्स्योरेन्सको कार्यबाहक सीईओमा कवि फुँयाल

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यबाहक सीईओमा कवि फुँयाल

कम्पनीको असोज १३ गते बसेको सञ्चालक समिति बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत फुँयाललाई कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Sponsored Advertisement

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कवि फुँयालले पाएका छन् ।

कम्पनीका अनुसार फुँयाललाई आज सोमबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी दिइएको हो ।

बैंकिङ क्षेत्रबाट व्यावसायिक यात्रा सुरु गरेका फुँयालले प्राइम लाइफ, सिटिजन लाइफ, आईएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्समा काम गर्दै जीवन बीमा क्षेत्रको व्यवस्थापनमा अनुभव हासिल गरेका छन्। आईएमई लाइफको सीईओ र सन नेपाल लाइफको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका उनी अहिले हिमालयन लाइफ इन्स्योरेन्सको कार्यबाहक सीईओ बनेका हुन्।

थप समाचार