बेनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

बेनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बेनी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। मंगलबार नेप्सेले कम्पनीको एक करोड चार लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो ।

Sponsored Advertisement

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापकको ८३ लाख २० हजार कित्ता गरी कुल एक करोड चार लाख कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९१.२७ रुपैयाँदेखि २७३.८१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर संकेत ‘बीईएनएच’ रहेको छ 

कम्पनीहरुको शेयर बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ।

थप समाचार