याम्बालिङ हाइड्रोपावरको एक लाख कित्ता शेयरको लक इन अवधि कात्तिक २९ गतेबाट सकिँदै

याम्बालिङ हाइड्रोपावरको एक लाख कित्ता शेयरको लक इन अवधि कात्तिक २९ गतेबाट सकिँदै

काठमाडौं : याम्बालिङ हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक २९ गतेबाट सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

Sponsored Advertisement

हाइड्रोपावरले सामुहिक लगानी कोषका लागि एक लाख ५ हजार कित्ता शेयर छ महिनाका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।

लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।  

थप समाचार