पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल 

पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल 

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेलले सरकार पीडित नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील रहेको र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उनीहरूको हितमा काम गरिरहेको बताएका छन् । 

Sponsored Advertisement

उनले, बौद्ध स्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परि दिवंगत भएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा, सरकारले आफ्नो क्षमता, दक्षता, जनशक्ति र उपकरणको सक्दो उपयोग गरेर पीडितको हितमा काम गरिरहेको बताए ।

“सरकार पीडित सबै नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील छ । सरकार आफ्नो क्षमता दक्षता, उपलब्ध जनशक्ति, उपकरण र आफूसँग भएका सबै स्रोतसाधनको सक्दो उपयोग गरेर पीडितको हितमा लागिरहेको छ,” उनले भने ।

उनले आफूहरूलाई विभिन्न व्यक्तित्व तथा रिन्पोछेलगायतको आशीर्वाद प्राप्त भएकाले कठिन परिस्थितिमा पनि बलियो भएर उभिन सकेको बताए । उक्त कार्यक्रममा थाइलेन्डबाट आलोका कुकुरसहित आएका बौद्ध भिक्षुहरुको उपस्थिति थियो । 

थप समाचार